
काठमाडौँ । प्रदूषित शहरको सूचीमा काठमाण्डौ आज विश्वको दोस्रो नम्बरमा छ । तीन दिनयता वायु गुणस्तर अनुगमन प्रणालीले काठमाण्डौका विभिन्न ठाउँमा अति हानिकारक वायुको गुणस्तर सूचक (एक्युआई) दुई सयभन्दा माथि देखाइरहेको छ ।
आज बिहान ७ बजे आसपास ‘आईक्यू एअर’को तथ्याङ्कमा दुई सय ४९ एक्युआईसहित उच्च प्रदूषित शहरको सूचीमा काठमाण्डौ विश्वकै दोस्रो नम्बरमा परेको हो ।
एक्युआई ५० सम्म राम्रो, ५१ देखि एक सय मध्यम, एक सय एकदेखि एक सय ५० संवेदनशील समूहका लागि अस्वस्थ र त्यसमाथि दुई सयसम्म अस्वस्थ, दुई सय एकदेखि तीन सय निकै अस्वस्थ तथा त्यसभन्दा माथि खतरनाक तहमा पुगेको सङ्केत मानिन्छ ।
मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने गरी वायु प्रदूषण बढ्दो छ । पछिल्ला केही दिनयता प्रदूषणबाट जनजीवन प्रभावित बन्न थालेको भन्दै वातावरण विभागले सचेत हुन आग्रहसमेत गरेको छ । सुक्खा मौसममा डढेलो लाग्ने दर उच्च हुँदा वायु प्रदूषण बढेको विभागका उपमहानिर्देशक सैलेशकुमार झाले बताउनुभयो ।
उहाँका अनुसार क्रस बोर्डर धुलो धुवाँको प्रदूषणका रूपमा भारतबाट डढेलोको धुवाँ नेपाल आइरहेको र यहाँका वन क्षेत्रमा पनि केही हप्तादेखि डढेलो लाग्ने क्रम उच्च बन्दै गएकोले वायु गुणस्तर खराब अवस्थामा छ । भारतको प्रदूषण माथिल्लो वायुमण्डलबाट नेपाल भित्रिरहेको उहाँले जानकारी दिनुभयो ।
वायु प्रदूषणका कारण छालामा एलर्जी हुने, दम र श्वासप्रश्वासका समस्या आउने र पुराना बिरामीलाई झन् समस्या पर्ने, विद्यालयमा पढ्न गएका बालबालिकाको स्वास्थ्यमा समस्या बढ्ने लक्षण उच्च वायु प्रदूषणले निम्त्याउने भएकाले सजग रहन विभागका उपमहानिर्देशक झाले अनुरोध गर्नुभयो ।
उहाँले सकेसम्म बिहान र बेलुका बाहिर हिँडडुल नगर्ने र अत्यावश्यक काममा हिँड्दा मास्क लगाएर हिँड्न सुझाव दिनुभएको छ ।
विभागले थप प्रदूषण निम्त्याउन नदिन बाहिर आगो नबाल्न, फोहोर नजलाउन, धेरै धुवाँ फ्याँक्ने गाडीको नियमित जाँच र मर्मत गर्न, उद्योग तथा कलकारखानामा स्वच्छ उर्जा प्रयोग गर्न आग्रहसमेत गरेको छ । वायु प्रदुषण धेरै हुँदा भिजिबिलिटी कम भएर हवाई उडानसमेत प्रभावित बन्ने गरेको छ ।
धुवाँधुलोसहितको प्रदूषण बढ्नुमा वर्षा नहुनु र हावा राम्ररी नचल्नु पनि मुख्य कारण रहेको मौसमविद्ले बताएका छन् । अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले सुक्खा खडेरीसँगै डढेलो पनि बढ्ने भएकाले प्रदूषण कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो