
काठमाडौँ । तीनकुने घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरिएको छ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा्) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) शुक्रबार तीनकुनेमा भएको दुखद् घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका हुन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै निष्पक्ष छानबिको माग गर्नुभयो । घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र अर्का युवा सविन महर्जनलाई शहीद घोषणा गर्न पनि उहाँले माग गर्नुभयो ।
रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले तीनकुने घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन नपाउने बताउनुभयो । ‘तीनकुनेको त्यो अराजकता र उदण्डताको हामी विरोध जनाउँछौँ । तर यसमा कुनै एउटा पक्षमात्र जिम्मेवार छैनन्’ उहाँले भन्नुभयो– ‘ज्यान गुमाएका युवा सविन महर्जनलाई पछाडिबाट गोली हानेको भिडियो बाहिरिएका छन् । उनी भागेका पनि थिएनन्, ढुङ्गा हानिरहेका थिएनन् । पत्रकार सुरेश रजकको मृत्यु पनि शङ्कास्पद छ । यो घटनामा उच्चस्तरीय छानबिन आयोगको माग गर्दछौँ ।’
सांसद झाले सदन शालिन, भद्र र संसदीय प्रणालीअन्तर्गत सदन चलोस् भन्ने चाहेको पनि स्पष्ट पार्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो