
काठमाडौँ । वरिष्ठ पत्रकार, लेखक तथा कूटनीतिज्ञ कमलप्रसाद कोइरालाको निधन भएको छ। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका सुपुत्र कोइरालाको ८७ वर्षको उमेरमा सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको हो।
कोइरालालाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । पत्रकार किशोर श्रेष्ठका अनुसार केही दिनअघि घरमै लडेर अचेत हुनुभएको थियो । त्यही कारण उहाँलाई तत्कालै अस्पताल लगिएको थियो । उहाँको उपचारकै क्रममा आइतबार राति ९ बजे कोइरालाको निधन भएको हो।
१९९५ वैशाखमा विराटनगरमा जन्मिएका कोइराला एक प्रखर लेखक तथा राजनीतिज्ञका रूपमा चिनिनु हुन्छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका कोइराला परिवारमा जन्मिएर पनि वामपन्थी विचार बोक्ने कोइरालाले राजनीतिमा जेलनेल र कठोर दिन व्यतीत गर्नु भएको थियो ।
छापा पत्रकारितामा लामो समय सक्रिय वरिष्ठ पत्रकार कोइरालाले २०४७ सालपछि दृष्टि साप्ताहिकको प्रधान सम्पादकका रूपमा काम गर्नु भएको थियो । त्यस बेला विचारका हिसाबले ‘दृष्टि साप्ताहिक’ नेकपा एमाले निकट छापा माध्यम थियो । उहााले लामो समय ‘साँघु साप्ताहिक’ मा स्तम्भ लेखन समेत गर्दै आउनु भएको थियो ।
२०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ जिल्लाबाट निर्वाचित भएका कोइराला तीन वर्ष दक्षिण कोरियाका लागि नेपाली राजदूतका रहनु भएको थियो । सरल, मृदुभाषी र हास्यचेतसमेत राख्ने कोइरालाले एक सिद्धहस्त लेखक, पत्रकार, राजनीतिकर्मी र कूटनीतिक व्यक्तित्वका रूपमा योगदान गर्नु भएको छ ।
स्वर्गीय कोइरालाका एक छोरा र एक छोरी हुनुहुन्छ ।
कोइरालाको पार्थिव शरीरलाई श्रद्धान्जलीको लागि अहिले ११ बजेदेखि दिउँसो १ बजेसम्म नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा राखिँदैछ । कोइरालाका अन्त्येष्टि आजै गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो