
काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुशियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुशियाली दिवस मनाउने घोषणा गरेको हो ।
संसारभरिका मानव जीवनमा खुशी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो । यो दिवस मनाउने सङ्कल्प भुटानले शुरु गरेको हो । भूटानले सन् १९७० को दशकको शुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुशीको महत्त्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुशीलाई लक्ष्यको रूपमा अपनाएको थियो ।
फ्रान्सेली भाषा दिवस
आज विश्वभर फ्रान्सेली भाषा दिवस पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घले विभिन्न छ भाषालाई दिवसका रुपमा मनाउँदै आएको छ । जसमा फ्रान्सेलीसँगै अबेरिक, चिनियाँ, अङ्ग्रेजी, रसियन, स्पेनिस भाषा दिवस मनाउँदै आएको छ ।
दिवसका अवसरमा भाषाको इतिहास, संस्कृति र यसको प्रयोगको महत्वबारे जानकारी साझा गर्ने लगायतका काम गरिन्छ । ‘एजेन्सी फर कल्चरल एण्ड टेक्निकल कोअपरेसन’ स्थापना भएको दिनको प्रतीकका रुपमा सन् १९७० मार्च २० को यो दिवस मनाउन शुरु गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग