
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागी हुने क्रममा नयाँ दिल्लीमा रहनुभएका उहाँहरुबीच आज भेटवार्ता भएको हो ।
भेटवार्तामा नेपाल–युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । त्यस अवसरमा परराष्ट्रमन्त्री डा राणाले नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने नीति नेपालको नरहेको स्पष्ट गर्दै युद्धबन्दीका रुपमा युक्रेनमा रहेका सातजना नेपालीलाई यथासक्य छिटो मुक्त गरिदिन अनुरोध गर्नुभएको छ ।
उहाँले मानव तस्करको फन्दामा परी नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती रुसी सेनामा भर्ना भई कार्यरत रहेकै अवस्थामा हाल युक्रेनी सेनाको नियन्त्रणमा रहेका सात नेपालीको रिहाइका लागि युक्रेनी विदेशमन्त्रीमार्फत युक्रेन सरकारसँग आग्रह गर्नुभएको थियो ।
त्यस अवसरमा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई रिहा गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । भेटघाटमा मन्त्री डा राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्य लगायतमा उम्मेदवारी दिएको सन्दर्भ उल्लेख गर्दै त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रह पनि गर्नुभयो ।
भेटघाटमा नेपाल र युक्रेनका सरकारी एवं कूटनीतिक राहदानी वाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग