
मुस्ताङ । थासाङ गाउँपालिका–४ घाँसामा संस्कृति जोगाउन धनुषवाण प्रतियोगिता भइरहेको छ । गाउँपालिकाले थकाली समुदायको संस्कृति जोगाउने उद्देश्यले फागुपूर्णिमा तथा तोरन्ल पर्वका अवसरमा बिहीबारदेखि धनुषवाण प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिता शनिबार सम्म चल्नेछ । हिमाली क्षेत्रको इतिहास र संस्कृतिसँग जोडिएको धनुषवाण खेललाई संरक्षण, सम्वद्र्धन एवं पुस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले प्रदीप गौचनले बताउनुभयो ।
थासाङ थकाली समुदायहरुको उद्गमस्थलका रुपमा परिचित छ । यहाँका थकाली समुदायले मनाउँदै आएको तोरन्ल पर्वलाई गाउँपालिकाले यसै वर्षदेखि प्रतियोगिताका रुपमा मनाउन लागेको हो । गाउँपालिकाले धनुषवाण खेललाई यस वर्ष पालिका खेलकुदमा सूचीकृत गरिसकेको छ ।
प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गर्नुभयो । उहाँले थकाली समुदाय थातथलो थासाङमा यसप्रकारको प्रतियोगिता आयोजना हुँदा संस्कृति र परम्परा जोगाउन सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो । सांसद थकालीले थाकसातसय क्षेत्रको मुखिया प्रथा, त्यसको अगुवाको मिरमुखिया, परम्परागत धनुषवाण खेल यस समुदायको सम्पत्ति रहेको बताउनुभयो । ‘थकालीको महान पर्व तोरन्ल हो, यसपर्वमा फागुपूर्णिमा पनि जोडिन्छ, यस पर्वमा पनि सरकारले सार्वजनिक बिदा दिनुपर्छ’ उहाँले भन्नुभयो ।
प्रतियोगितामा ११ गाउँका युवा सहभागी रहेको खेल संयोजक एवं थासाङ–४ का वडाध्यक्ष नरेन्द्र शेरचनले जानकारी दिनुभयो । प्रतियोगितामा सादा धनुषवाण प्रतियोगिता र आधुनिक आर्चरी प्रतियोगिता गरी दुई विधामा खेल आयोजना हुने संयोजक शेरचनले बताउनुभयो ।
त्यसअवसरमा गाउँपालिकाले सामाजिक योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । थासाङ गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि तीन रोपनी जग्गादान गर्ने थासाङ–४ का जीवन शेरचन र विपना शेरचन, झिप्रा देउरालीस्थित स्वास्थ्य चौकी भवन निर्माणका लागि दुई रोपनी जग्गादान गर्ने सुकबहादुर परियार र सन्तमाया परियार र पर्यटक र तीर्थालुलाई सहयोग गर्ने शेरचन थासाङ–२ नाउरीकोटका इन्द्रसिंह शेरचनलाई पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचन छ वर्षदेखि निरन्तर काम गर्दै आउनुभएको छ ।
त्यसअवसरमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, न्यायाधिवक्ता देवेन्द्र आचार्य, थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घका अध्यक्ष कृष्णकुमार शेरचन, नेपाल आर्चरी सङ्घका केन्द्रीय सचिव योगेन्द्र शेरचन, गाउँपालिका अध्यक्ष प्रदीप गौचन, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, वडाध्यक्ष नरेन्द्र शेरचन, थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले फागुपूर्णिमा तथा थकाली तोरन्ल पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग