
मोरङ । विराटनगरको सहिद रङ्गशालामा ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लब ललितपुरले जितेको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार साँझ भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।
विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका १६ नं जर्सीका खेलाडी खेमराज श्रेष्ठले खेलको पाँच मिनेटमा र जर्सी नं ७ का खेलाडी दीपेश घलेले ६३ मिनेटमा एकरएक गोल गरी आफ्नो टोलीलाई उपाधि जिताएका हुन् ।
थ्री स्टारका खेलाडी श्रेष्ठले ‘बेस्ट प्लेयर अफ टुर्नामेन्ट’ घोषित भई ५१ हजार रुपैयाँ प्राप्त गरे । त्यही टोलीका क्याप्टेन एकराज बुढाथोकीलाई ‘म्यान अफ प्लेयर’ वापत ११ हजार रुपैयाँ प्रदान गरियो ।
प्रतियोगितको विजेता टोली थ्री स्टारले ११ लाख र उपविजेता चर्च ब्वाइज युनाइटेडले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरप्रमुख नागेश कोइराला, प्रदेशसभा सदस्य भीम पराजुली, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतलगायतले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गोल्ड कप, सिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
प्रतियोगितामा भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल