
काठमाडौँ । आज पहाडमा फागुपूर्णिमा उल्लासपूर्वक मनाइँदैछ । सरकारले तराई र पहाडमा फरक फरक दिनमा फागु पूर्णिमाको बिदा दिने गरेको छ ।
पहाडमा फागुपूर्णिमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने चलन छ । एक अर्कामा अबीर दलेर फागु पूर्णिमा पर्व मनाइन्छ ।
सरकारले तराई र पहाडमा फरक फरक दिनमा फागुपूर्णिमाको बिदा दिने गरेको छ । यो वर्ष होलीका अवसरमा बिहीबार पहाडमा सरकारले सार्जनिक बिदा दिएको छ । रङहरुमा रमाएर हर्षोल्लासपूर्वक फागुपूर्णिमा मनाउन आह्वान गर्दै बिहीबार फागुपूर्णिमाको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत देशका उच्च पदस्थ व्यक्तिहरुले शुभकामना दिनुभएको छ ।
फागुपूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको साझा पर्व फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी उहाँले शुभकामना दिनुभएको छ
त्यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागुपूर्णिमा (होली) पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त ग गर्नुभएको छ ।
उहाँले यस पर्वले देश र समाजमा एकता तथा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग