
काठमाडौँ । विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोधमा आवाज उठ्नुका पछाडि यसअघि र हालका सरकारको कमजोर कार्यशैली जिम्मेवार रहेको सांसदहरुको आरोप छ ।
आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै विभिन्न दलका सांसदहरुले वर्तमान सरकारको कार्यशैली, शासन व्यवस्थामा देखापरेका चुनौती र संविधानको रक्षा तथा पुनरावलोकनसम्बन्धी विषयमा आफ्ना धारणा राख्नुभएको थियो । सो क्रममा उहाँहरुले व्यवस्था विरोधी शक्ति सल्बलाउनुमा सरकारको असक्षमता जिम्मेवार रहेको आरोप लगाउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजावादी शक्ति मौलाउने अवस्था सिर्जना हुनुमा सरकारको कमजोरी रहेको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै व्यक्ति विशेषको बक्सिस नभई, नेपाली जनताले रगत साटेर प्राप्त गरेको उपलब्धि भएको स्पष्ट पार्नुभयो । उहाँले सुशासनको अभाव, संस्थागत भ्रष्टाचार र प्रशासनिक पक्षपातका कारण जनतामा वर्तमान व्यवस्थाप्रति निराशा बढ्दै गएको उल्लेख गर्नुभयो ।
जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले नेपाली जनताकै अभिमतबाट वर्तमान संविधान निर्माण भएको उल्लेख गर्दै यसको संरक्षणका लागि सबै लोकतान्त्रिक शक्ति जुट्नुपर्ने धारणा राख्नुभयो । उहाँले विद्यमान प्रणाली आफैँमा दोषी नभएको तर यसलाई सञ्चालन गर्ने व्यक्ति जिम्मेवार नहुँदा प्रश्न उठ्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले नागरिकले पूर्वराजाको पक्षमा आवाज उठाइरहेको र अहिलेको स्थितिले सरकारको असक्षमता उजागर गरिरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग