
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाउन दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपाली कांग्रेस संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको र कुनै पनि प्रतिगमन वा षड्यन्त्रका विरुद्ध सबै दलसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
थापाले अहिले नागरिक तहमा देखिएको असन्तुष्टिको कारणलाई गम्भीरतासाथ लिनुपर्नेमा जोड दिनुभयो । उहाँले ठूलो सङ्ख्यामा युवा सडकमा उत्रिनु व्यवस्था विरोधी चेतावनी भएकाले यसलाई नजरअन्दाज गर्न नहुने बताउनुभयो । “नागरिक तहमा असन्तुष्टि छ, आक्रोश छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्छ, बेवास्ता गर्नु हुँदैन,” उहाँले भन्नुभयो ।
लोकतान्त्रिक व्यवस्थामा आलोचना स्वीकार्य भएपनि दलप्रति घृणा फैलाउने काम गर्न नहुने उहाँको भनाइ छ । “हामीले आलोचना गर्नुपर्छ, प्रश्न उठाउनु पर्छ, तर लोकतन्त्रलाई कमजोर पार्ने गरी द्वेष फैलाउनु हुँदैन,” उहाँको भनाइ थियो ।
महामन्त्री थापाले सङ्घीयता बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनेतर्फ केन्द्र सरकार उदासीन रहेको आरोप लगाउनुभयो । “हामी आफैँले प्रदेशलाई अधिकार नदिएर कमजोर बनाएका हौँ । कानुन निर्माण नहुँदा प्रदेश सरकार असक्षमजस्तै बनेका छन्,” उहाँले भन्नुभयो ।
भ्रष्टाचार नियन्त्रणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा थापाले जोड दिनुभयो । “सांसदको सम्पत्तिको छानबिन गर्न हामी सबैले माग गरिरहेका छौँ । त्यसका लागि उपयुक्त आयोग वा उच्चस्तरीय समिति के गठन गर्नुपर्छ रु त्यसका लागि हामी तयार छौँ,” उहाँले भन्नुभयो ।
महामन्त्री थापाले लोकतन्त्रमा नागरिक सर्वोपरि हुने भएकाले सबै दललाई संविधान र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा पहल गर्न आह्वान गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग