
काठमाडौँ । आजदेखि काठमाडौँमा एघारौँ नेपाल भूगर्भ सम्मेलन शुरू भएको छ ।
नेपाल भूगर्भ समाजले आयोजना गरेको सम्मेलनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएसँगै शुरू भएको सम्मेलनमा विश्वका विभिन्न मुलुकको भूगर्भविद्हरूबीच भूगर्भको सुरक्षा सम्बन्धमा छलफल गरिने जनाइएको छ ।
समाजका अनुसार जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतको उपयोग र भू–जोखिम व्यवस्थापनमा भूगर्भ विज्ञानको भूमिकालाई उजागर गर्नु, भूगर्भ विज्ञानका क्षेत्रमा भएका नयाँ अनुसन्धान, प्रविधि र अनुभवको आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
नेपाल भूगर्भ समाजका अध्यक्ष चुर्णबहादुर ओलीले जलवायु परिवर्तनका असर, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापन सम्बन्धी ज्ञान आदान–प्रदान गर्न सम्मेलनले सहयोग पुग्ने बताउनुभयो । ‘जलवायु परिवर्तनको असर बढिरहेको छ । यी समस्याको पहिचान तथा समस्या समाधानका लागि जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रम सञ्चालनका लागि सहकार्य हुने तथा ज्ञान आदान–प्रदानमा सहयोग पुग्नेछ’ उहाँले भन्नुभयो– ‘सम्मेलनमा अन्तर्राष्ट्रिय विशेषज्ञता आदान–प्रदान, भूगर्भीय अनुसन्धानको प्रवर्द्धन तथा भूगर्भशास्त्रका नयाँ उपलब्धि र तिनको प्रयोगसम्बन्धमा छलफल हुनेछ ।’
सम्मेलन मङ्गलबारसम्म चल्नेछ । त्यो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत भारत, चीन, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, इटाली, पोल्यान्ड, दक्षिण कोरिया, जापान, बङ्गलादेश र पाकिस्तानका भूगर्भविद्को सहभागी भएका छन् ।
सम्मेलनका संयोजक प्राध्यापक खुमनारायण पौडेलले सम्मेलनमा हिमालय क्षेत्रको भूगर्भ विज्ञानबारे एक सयभन्दा बढी अनुसन्धान पत्र प्रस्तुत गरिने र भूगर्भीय अध्ययन तथा अनुसन्धानबारे विस्तृत छलफल हुने जानकारी दिनुभयो ।
सम्मेलन प्रत्येक दुई वर्षमा आयोजना हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग