
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गोल्डेन गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन शुरु गरेका छन् । अहिले पूर्वराजाका समर्थकहरुले विमानस्थल छिर्ने गोल्डेन गेट अगाडि प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले राजतन्त्रको पुनर्बहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरु पोखराबाट काठमाडौँ आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् । पूर्वराजा शाह अपरान्ह ३ बजे काठमाडौँ फर्किँने कार्यक्रम छ ।
राजावादीहरूको संख्या बढ्दै गएपछि सम्भावित झडपको अवस्थालाई ध्यान राखेर सरकारले विमानस्थलसँगै नारायणहिटी दरबार र निर्मल निवासवरिपरि पनि सुरक्षा व्यवस्था कडा पारेको छ।
पोखराबाट काठमाडौँ फर्कन लागेका पूर्वराजा शाहलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने राजावादीहरूले तयारी गरेपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने सबै सवारी प्रवेशमा रोक लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग