
विराटनगर । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगले विगतको इतिहासलाई कायम राखी निष्पक्ष एवं पारदर्शी ढङ्गले काम गरिरहेको बताउनुभएको छ ।
आयोगको पाँचौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले आयोगले स्थापित विधि, मापदण्ड र अभ्यासबाट आयोगले आफ्ना काम र गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो । अध्यक्ष रेग्मीले सम्मेलनले प्रदेश लोक सेवा आयोगलाई प्रभावकारी बनाउन र यसको पवित्रतालाई बढोत्तरी गर्न मद्दत पु-याउने धारणा राख्नुभयो ।
कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वच्छता र पारदर्शितालाई कायम राखेकाले यो संस्थाप्रति आमनागरिकको आस्था बढ्दै गएको बताउनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संविधानप्रदत्त अधिकारभित्र रही आयोगले कुशल एवं सक्षम राष्ट्रसेवक कर्मचारीहरू छात्र सक्नु निकै सराहनीय रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा प्रदेश लोक सेवा आयोगका अध्यक्षहरूमा कोशी प्रदेशका महेन्द्रप्रसाद गुरागाइँ, मधेस प्रदेशका शिवराम यादव, बाग्मती प्रदेशका महेश्व श्रेष्ठ, गण्डकी प्रदेशका विष्णुप्रसाद नेपाल, लुम्बिनी प्रदेशका डिलाराम भट्टराई, कर्णाली प्रदेशका कावा अध्यक्ष बसन्तीकुमारी सिंह र सुदूरपश्चिम प्रदेशका यज्ञराज बोहराले प्रदेश लोक सेवा आयोगले गरिरहेका काम र भोगिरहेका समस्याबारे अवगत गराउनुभयो । सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग