
गण्डकी । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले ११५औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आजदेखि तीनदिने साहसिक पदयात्रा शुरु गरेको छ ।
गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा पोखरादेखि ‘उचाइ जित्दै सीमा तोड्दै’ भन्ने नाराका साथ शुरु गरिएको पदयात्रा घान्द्रुक, टाडापानी, दोबाटे हुँदै मुल्डे भ्युप्वाइन्टसम्म सञ्चालन हुने मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिनुभयो ।
पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर पदयात्रा कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँले २८ सदस्यीय प्रवर्द्धनात्मक टोलीले पदयात्रा पर्यटनका सम्भावना तथा चुनौतीलाई स्थलगत रूपमा अध्ययन एवं अवलोकन गर्ने बताउनुभयो । ‘पोखरा महानगरपालिका कार्यालयले घोषणा गरेअनुसार पोखरामा २० लाख पर्यटक ल्याउने लक्ष्यलाई समर्थन गर्दै यो अभियानले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सहयोग गर्नेछ’ उहाँले भन्नुभयो ।
टोलीलाई पोखराबाट गण्डकी प्रदेशसभा सदस्य देवका पहारी, गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङ, पर्यटनमन्त्रीका स्वकीय सचिव जीवन उच्चै ठकुरी, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद् सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि लगायतले विदाई गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग