
काठमाडौँ । क्याथे प्यासिफिक एयरलाइन्सले काठमाडौँदेखि हङकङ दैनिक एक उडान भर्ने भएको छ ।
नेपालमा सन् २००७ को डिसेम्बर २ देखि ड्रागन एयरलाइन्सले उडान भर्न शुरु गरेपनि पछिल्लो समय भने सोही कम्पनीको क्याथे प्यासिफिक एयरलाईन्सले हप्ताको पाँच पटक उडान भर्दै आएको थियो ।
क्याथे प्यासिफिक एयरलाइन्सकी नेपाल प्रमुख जुनु मलेखुले आगामी मार्च ३१ देखि हङकङ र नेपालबीचको उडानलाई थप गरी दैनिक एक उडान भर्न लागेको जानकारी दिनुभयो । उहाँले नेपाल आउने तथा हङकङ हुँदै अन्य मुलुक जाने यात्रुलाई थप सुविधा प्रदान गर्नका लागि उडान थप गर्न लागिएको बताउनुभयो ।
क्याथे प्यासिफिकले मङ्गलबार राति उत्कृष्ट कार्गो तथा ट्राभल कम्पनीलाई सम्मान गर्न आयोजित कार्यक्रममा मलेखुले कार्गो र ट्राभल कम्पनीको साथ र सहयोगका कारण आफूहरुले थप सेवा विस्तार गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा क्याथे प्यासिफिकका दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकाका क्षेत्रीय महाप्रबन्धक राकेश राईकारले क्याथेले सन् २०२५ मा थप नयाँ गन्तव्यमा उडान भर्नेगरी आफ्नो सेवा विस्तार गर्न लागेको बताउनुभयो । एयरलाइन्सले आगामी २४ अप्रिलदेखि हङकङदेखि संयुक्त राज्य अमेरिकाको डलाससम्म उडान भर्न लागेको छ ।
जीएसए अमरावती ट्राभल्स प्रालिका अध्यक्ष सिद्धार्थशम्शेर जङ्गबहादुर राणाले क्याथेले आफ्नो सेवा थप गर्दा नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा राईजिङ स्टार कार्गो प्रालि, हिमालयन कार्गो, जिएमके कार्गो, सांग्रीला इन्टरनेशनल फेल्ट कार्गो र पायोनियर कार्गोलाई सम्मान गरिएको थियो ।
यस्तै, ट्राभल्स कम्पनीतर्फ ग्रीनल्याण्ड होलिडे, सिरिन ट्राभल, रुपाकोट इन्टरनेशनल ट्राभल, दाभिन्ची ट्राभल, सुमेघ ट्राभल, प्रभास ट्राभल एण्ड टुर्स प्रालि, सी लिंक्स ट्राभल्स एण्ड टुर्स प्रालि, सेभेन स्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स प्रालि, वोन ट्राभल प्रालि र ओशो वल्र्ड ट्राभल नेपाललाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग