
काठमाडौँ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को श्रव्यदृश्य सार्वजनिक गरिएको छ ।
आज जमलस्थित विश्वज्योति सिनेप्लेक्समा आयोजित पत्रकार सम्मेलनमा अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की र निर्देशक फिरोज तिमिल्सेनाले संयुक्त रुपमा यो गीत सार्वजनिक गर्नुभएको हो ।
निर्देशक तिमिल्सेनाले गायक श्रेष्ठले सुनाउँदा नै गीत मन परेकाले यसलाई श्रव्यदृश्य बनाएर सार्वजनिक गरिएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– ‘केही समयदेखि म नेपाल बाहिर छु । हामी प्रवासमा रहे तापनि नेपाली गीतसङ्गीत र संस्कृतिप्रति अगाध माया छ । यसै सन्दर्भमा गायक श्रेष्ठले सुनाउनुभएको गीत मन परेपछि नेपाल आएर श्रव्यदृश्य बनाएर सार्वजनिक गर्ने सल्लाह भएबमोजिम आज पत्रकार सम्मेलन गरेका हौँ । यो गीत हेर्नेभन्दा पनि बढी सुन्ने किसिमको छ ।’
उहाँले मकवानपु्रको कुलेखानी आसपासका दृश्यमा गीतको शब्दको भाव झल्किने किसिमले श्रव्यदृश्य तयार गरेको जानकारी दिनुभयो । यस गीतमा देखिनुभएका अभिनेता खड्काले अभिनेत्री कार्कीसँग ‘दर्पण छायाँ २’ चलचित्रपछि काम गर्दा पुराना दिन स्मरण गरेको बताउनुभयो । ‘हामी अभिनेता र अभिनेत्रीका हैसियतले एकै चलचित्रबाट आफ्नो अभिनय यात्राको शुरुवात गरेका थियौँ । आज आठ वर्षपछि पुनः गीतको श्रव्यदृश्यमा देखिन पाउँदा खुशी छु । अभिनेत्री कार्की र निर्देशक खड्का प्रवासमा रहेर पनि नेपाली गीतसङ्गीतप्रति लगाव राख्नुहुन्छ, यसमा उहाँहरूले देखाउनुभएको माया र सद्भाव अनुकरणीय छ’ अभिनेता खड्काले भन्नुभयो ।
अभिनेत्री कार्कीले शुरुवाती चलचित्रमा काम गर्दा नै अभिनेता खड्कासँग सहज लागेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘अभिनेता खड्कासँग काम गर्दा छुट्टै उत्साह थपिन्छ । उहाँको मेहनती स्वभावले म जस्तो नयाँ कलाकारलाई पनि काम गर्ने ऊर्जा मिल्छ । यो गीत सार्वजनिक नहुँदै मैले सुनिरहनेमध्येको एक थियो, त्यसकारण श्रव्यदृश्यमा अभिनय गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु ।’
गीतको श्रव्यदृश्यमा गीता अधिकारीले पनि अभिनय गर्नुभएको छ । श्रव्यदृश्यमा अर्जुन तिवारीले छायाङ्कन, विकास दाहालले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन र ज्योति केसीले शृङ्गार गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै