
गुल्मी । गुल्मीको पनाहा खोलामा ५ करोड ६ लाख रुपैयाँको लागतमा पुल निर्माण भएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाको रू पाँच करोड छ लाख लागतमा पनाहा खोलामा पक्की पुल निर्माण गरिएको हो ।
पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकलाई थप राहत मिलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका–२ को सङ्गमस्थल पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि दुई पालिकाबीच आवतजावत गर्न सहज भएको छ ।
पुल निर्माण भएपछि यतिबेला त्यस क्षेत्रका नागरिकलाई अब जोखिमपूर्ण यात्रा गर्न नपर्ने भएको छ । पैतीस मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको रहेको पुलको महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले पुल निर्माणको काम सम्पन्न गरेको होे ।
रेसुङ्गा नगरपालिका–४ देखि इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्म पुलले मानिसलाई आवतजावत गर्नका लागि थप सहज बनाएको स्थानीय कमला पन्थीले बताउनुभयो ।
पक्की पुल नहुँदा बर्सातको समयमा आधा घण्टाको दूरी पार गर्न डेढ घण्टाकोे लामो बाटो हिँड्नुपर्ने बाध्यता रहेको र पुल बनेपछि सो समस्या समाधान भएको स्थानीय टङ्कप्रसाद श्रेष्ठले बताउनुभयो । ‘अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो भएको छ, बर्सातको समयमा खोला तर्दा बगाउलाकी भन्ने डर हुन्थ्यो, अब निकै सजिलो भयो उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव