
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारबाट सचेत रहन आग्रह गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालले शुक्रबार जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको भूमि अध्यादेशबारे आयोजित अन्तरक्रियामा कांग्रेस सभापति देउवालाई यस्तो आग्रह गर्नुभएको हो ।
समाजवादीका अध्यक्ष नेपालले संविधान संशोधनको नाममा अहिलेको गठबन्धन बनाएको प्रधानमन्त्री ओली सुनाउने गरेतामा व्यवहारमा त्यस्तो नदेखिएको बताउनुभयो ।
‘संविधान संशोधन गर्ने नाममा अहिलेको गठबन्धन ल्याइयो’ उहाँले भन्नुुभयो अब त संशोधन होला भनेको, ०८७ मा संशोधन गर्ने कुरा फेरि शसरु भयो ।’
समाजवादीका अध्यक्ष नेपालले कांग्रेस सभापति देउवालाई ओलीको जालमा नपर्न आग्रह गर्नुभयो । , ‘२०८७ सालसम्म यही प्रधानमन्त्री टिक्ने हो कि, बस्ने हो कि ?’ उहाँले भन्नुुभयो होसियार है, शेरबहादुरजी तपाईंले खुबै विश्वास गर्नुहुन्छ। फेरिसँगै स्वर्ग जाउँला भनेर मख्ख परेर बस्नुभएको होला । नर्क पुर्याइदेलान् है होस् गर्नुस् ।’
पूर्वप्रधानमन्त्री नेपालले भूमिसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिनुपर्ने बताउनुभएको छ । उहाँले जसपालाई अध्यादेशको समर्थन गर्छु भनेर अलमलमा नपर्न आग्रह समेत गर्नु गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय