
चितवन । पत्रकार सङ्गीता बानियाँको उपचारका लागि सहयोग गर्न परिवारले आह्वान गरेको छ । पश्चिम चितवनको रेडियो शिवशक्तिमा कार्यरत बानियाँ लामो समयदेखि क्यान्सर रोगबाट प्रभावित हुनुहुन्छ ।
चितवन । पत्रकार सङ्गीता बानियाँको उपचारका लागि सहयोग गर्न परिवारले आह्वान गरेको छ । पश्चिम चितवनको रेडियो शिवशक्तिमा कार्यरत बानियाँ लामो समयदेखि क्यान्सर रोगबाट प्रभावित हुनुहुन्छ ।
उहाँको उपचारका लागि आर्थिक अभाव हुँदै गएपछि उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेको हो । नेपाल पत्रकार महासङ्घ चितवन शाखा सदस्य बानियाँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो । उक्त क्यान्सर पूर्ण रुपमा निको भए पनि पुनः मस्तिष्कमा क्यान्सर देखिएको बानियाँले बताउनुभयो ।
अहिले चितवन मेडिकल कलेजको क्यान्सर वार्डमा उपचाररत बानियाँले आफ्नो उपचारका क्रममा चल–अचल सम्पत्ति बेचबिखन गरिएको र ऋण काढेर उपचार गर्दागर्दै पनि थप उपचारका निम्ति रकमको अभावका कारण आफ्नो जीवन बचाएर नाबालिका छोरीलाई टुहुरी हुनबाट जोगाइदिन सबैमा आग्रह गर्नुभएको छ ।
हाल वैदेशिक रोजगारका क्रममा रहेका श्रीमान् र एक नाबालिका छोरीसँगै सामान्य जीवनयापन गरिरहेको उहाँको परिवारसँग थप उपचारका लागि रकम अभाव भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १४ घर भएकी बानियाँको परिवार र माइतको आर्थिक अवस्था कमजोर रहेको छ ।
बानियाँको उपचारका लागि यसअघि ४० लाख रुपैयाँ खर्च भइसकेको छ भने मस्तिष्क क्यान्सर उपचारमा थप ४० लाख रुपैयाँ लाग्ने चिकित्सकले जनाएको उहाँले बताउनुभयो । थप उपचारका लागि भारत जानुपर्ने भएकाले आर्थिक अभावका कारण जान नसकेको बानियाँले बताउनुभयो । उहाँले भन्नुभयो– उपचारका लागि आर्थिक अभाव भयो । उपचार गर्न पाए बाँच्न सक्थे भन्ने आत्मविश्वासका साथ उपचार गराइरहेकी छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय