
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले सिङ्गो देश र समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।
शेर्पा समुदायको महान् पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसारको अवसरमा देश र विदेशमा रहनुभएका शेर्पा समुदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले पर्वलाई समाजमा सौहार्द, एकता, समझदारी, मित्रता र सहकार्यको भावना अभिवृद्धि गर्ने अवसरका रूपमा लिन सक्नुपर्ने बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले पर्वका अवसरमा परिवार, साथीहरू र समुदायबीचमा भेटघाट, भोज, नृत्य र संगीतका कार्यक्रमहरू आयोजना हुनुले समाजमा परस्पर मेलमिलाप, स्नेह र समरसता बढाउनमा सघाउँने उल्लेख गर्नुभएको छ ।
यो पर्व नेपालको हिमाली भूभागमा बसोबास गर्ने आदिवासी जनजाति शेर्पा, तिब्बती र योल्मो समुदायले मनाउने गरे पनि नेपालको विविधतायुक्त समाजमा सांस्कृतिक घुलनका कारण अन्य चाडपर्वमा जस्तै पछिल्लो समय अरू समुदायका मानिसको पनि यसमा उल्लेख्य सहभागिता जनाउने गरेका छन् । यसले राष्ट्रिय एकतालाई थप बलियो, प्रगाढ र सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई अक्षुण्ण बनाइराख्न सबैलाई उत्प्रेरित पनि गर्दछ ।
सामूहिक रूपमा एकअर्काको हात समाएर सुख र दुःखको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक–परम्परागत पहिरन लगाउनु, तुङ्गना (डम्याङ) को सङ्गीतमय वातावरण सृजना गर्नु यो पर्वको मौलिकता भएको उहाँको भनाइ छ ।
यसले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन सजग र सचेत रहेको सन्देश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई प्रवाह गर्ने उपराष्ट्रपति यादवले बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय