
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका ऐतिहासिक र पौराणिक महत्वका स्थल संरक्षण एवं प्रवर्द्धन गरिने बताउनुभएको छ ।
सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जुताल सिमसार विकास तथा संरक्षण समितिद्वारा आज आयोजित कार्यक्रममा उहाँले ‘जनतासँग माओवादी, तराई मधेस जनजागरण’ अभियानले मुलुकका विभिन्न क्षेत्रमा रहेका ऐतिहासिक स्थलको अवलोकन गरेको बताउनुभयो । आगामी दिनमा यस्ता महत्व बोकेका स्थलको विकास, संरक्षण र प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना बनाइने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले अभियानअन्तर्गत झापाको किचकवधसहित यहाँका अन्य महत्वपूर्ण क्षेत्र, मोरङको कानेपोखरी र आसपासका क्षेत्रमा रहेका ऐतिहासिक स्थलको विकाससम्बन्धी कार्यसूचीसमेत निर्माण गरेको जानकारी दिनुभयो । उहाँले आफू गणतन्त्र नेपालको पहिलो पटक प्रधानमन्त्री हुँदा यस तालको विकासका लागि केही रकम छुट्याएको स्मरण गर्नुभयो ।
अध्यक्ष दाहालले यस तालको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्दै थप भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोगको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले ताल क्षेत्रको विकासबाट यहाँ पर्यटकीय गतिविधि वृद्धि हुनुका साथै स्थानीयको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा पूर्वप्रधानमन्त्री दाहाललाई ताल संरक्षण समितिका अध्यक्ष बिलटसिंह श्रेष्ठले तालको विकास, संरक्षण र प्रवर्द्धनको पलह गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय