
पाल्पा । मगर समुदायको बाहुल्यता रहेको जिल्लामा आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम आयोजना गरी मनाईँदैछ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका सङ्घ–संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।
नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइने गरिन्छ । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, सङ्घ संस्थाले यो दिवस मनाउँदै छन् । मगरहरूको साङ्गठनिक पर्वका रुपमा यो दिवसलाई लिने गरिन्छ । जिल्लाका विभिन्न स्थानमा आज भव्य सांस्कृतिक झाँकी प्रदर्शनसहितका सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दै छन् । आज जिल्लाको रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै छन् । यहाँका १० वटै स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् ।
जिल्लामा ५४ प्रतिशतभन्दा बढी मगरको बसोबास रहेको छ । विसं २०३९ फागुन १५ गते नेपाल लाङ्घली परिवार सङ्घको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन सुरु गरेका हुन् । मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घ संस्थाले मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ ।
पाल्पामा मगरी कला, संस्कृति निकै लोकप्रिय रहेका छन् । यहाँको मगरी कलासंस्कृति झार्मे, सालेजो, कौडा, मारुनी, ठूलो नाच, झ्याउरे संस्कृतिमा मगरसहित सबै समुदाय रमाउने गरेका छन् । पाल्पाका सबै स्थानीयतहदेखि वडा–वडा टोल टोलमा समेत मगर एकता दिवस भव्यताका साथ मनाउन लागि नेपाल मगर सङ्घ पाल्पाकी अध्यक्ष शान्ति झेडी थापाले जानकारी दिनुभयो ।
नेपाल मगर सङ्घ केन्द्रीय समितिको मातहतमा अहिले सातवटै प्रदेशमा प्रदेश समिति, ७७ जिल्लामध्ये ६८ जिल्लामा जिल्ला समिति, सात सय ५३ स्थानीय तहमध्ये पाँच सय ३० गाउँपालिका÷नगरपालिकामा स्थानीय तहमा समिति गठन भइसकेको छ । अहिले नेपाल मगर सङ्घमा विभिन्न क्षेत्रगत, पेसागत र थरगत संस्था आबद्ध भई क्रियाशील भइरहेका छन् ।
सङ्घले मगरलाई गोलबन्द गर्नका लागि जहाँ मगर त्यहाँ मगर सङ्घ, जहाँ मगर सङ्घ त्यहाँ मगरात स्वायत्तता भन्ने साङ्गठनिक नारा बनाएर साङ्गठनिक अभियान बनाएर अगाडि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव