
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय एशोसिएशन नेपाल (नेसनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौँमा आयोजना हुने भएको छ ।
महाधिवेशनमा देशभरका २ हजार ५ सय भन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुने नेसनल प्याब्सनले जनाएको छ ।
महाधिवेशनले सङ्गठनको विधानसहित नयाँ नेतृत्व चयन गर्ने नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले जानकारी दिनुभयो । उहाँले महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत एवं समसामयिक विषयमा छलफल हुने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीचको सहकार्य र समन्वयलाई अझ बलियो बनाउन महाधिवेशन केन्द्रित हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय