
धादिङ । धादिङको गल्छि ३ गुप्तेश्वरस्थित कच्ची सडकमा ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान स्थानीय गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा-प्र ०१-००४ क ३३५२ नम्बरको ट्यांकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएकाहरू गजुरी गाउँपालिका-६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका थप दुई जनालाई काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूमा गजुरी-६ कै १९ वर्षीय सिरिश चेपाङ र १७ वर्षीय सुरेश चेपाङ छन्।
ट्याङकर चालक दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय