
काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः २४ घण्टे स्पष्टीकरण सोध्नुभएको छ । ऊर्जा मन्त्री खड्काले यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पुनः स्पष्टीकरण सोध्नुभएको हो ।
सोमबारको मन्त्रिपरिषद्को बैठकबाट घिसिङलाई सरकारले हटाउने तयारी गरेको थियो । तर, सोमबारको बैठकले घिसिङलाई हटाउने निर्णय गर्नबाट सरकार पछि हटेको थियो । घिसिङलाई २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोधिएको ऊर्जा मन्त्री खड्काको सचिवालयले जनाएको छ । स्रोतका अनुसार २४ घण्टे स्पष्टीकरण पत्रमा घिसिङले आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायत विषय सोधिएका छन् ।
मन्त्री खड्काले गत पुस २२ मा पनि ९ बुँदे स्पष्टीकरण सोध्नुभएको थियो । घिसिङले पुस २८ मा बुझाएको स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको भन्दै पुनः स्पष्टीकरण सोधिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय