
काठमाडौँ । नेपालले संयुक्त राष्ट्र संघको महासभामा छिमेकी भारत, चीन र अमेरिकाभन्दा भिन्न धारणा राख्दै युक्रेनको पक्षमा मतदान गरेको छ ।
विश्वको शक्तिशाली मुलुक अमेरिकाले ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्दा नेपाले भने पक्षमा मतदान गरेको हो ।
युक्रेनमा रुसी आक्रमण चलेको तीन वर्षपछि राष्ट्र संघ महासभाले प्रस्ताव पारित गरेको हो ।
युक्रेनको न्याय र शान्तिका पक्षमा नेपालसहित ९३ देश उभिए छन् । १८ देशले विपक्षमा मतदान गरे । ६५ देश मतदानमा अनुपस्थित भए । भारत र चीन गयल बसेका हुन् ।
यसअघि युक्रेनलाई साथ दिँदै आएको अमेरिकाले भने अडान परिवर्तन गरेको छ । उसले युक्रेनको विपक्षमा मतदान गरेपछि विश्वभरि अमेरिकी मान्यता बदलिएको प्रसंगबारे चर्चा भइरहेको छ ।
अमेरिकासँगै रुस, उत्तर कोरिया, बेलारुस लगायतले विपक्षमा मतदान गरेका छन् । जर्मनी, बेलायत, फ्रान्सलगायत देश पक्षमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय