
काठमाडौँ । जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ ।
नेपालका लागि जापानी राजदूत मायदा तोरूले नवनिर्मित भवन हस्तान्तरण गर्नुभयो । जापान सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजिपी) को अनुदान सहायताअन्तर्गत करिब ८५ लाख रुपैयाँ सहयोगमा भवन निर्माण गरिएको हो ।
त्यस अवसरमा जापानी राजदूत मायदाले परियोजनामा संलग्न सबैको प्रयासको लागि बधाई तथा प्रशंसा व्यक्त गर्नुभएको काठमाडौँस्थित जापानी दूतावासले जनाएको छ ।
विद्यालय विसं २०१७ मा स्थापना भएको हो । त्यो विद्यालयमा हाल करिब ३सय ३० विद्यार्थी अध्ययनरत छन् । विद्यालय त्यस क्षेत्रकै प्रमुख शैक्षिक संस्थाका रूपमा रहेको छ । विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन हुँदै आएको छ । जीर्ण विद्यालय भवनका कारण विद्यार्थीको पठनपाठनमा समस्या झेल्दै आएका थिए ।
नवनिर्मित भवनमा सुविधासम्पन्न कक्षा कोठा, छात्राछात्रका लागि बेग्लाबेग्लै शौचालय लगायत सुविधा रहेको दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय