
झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिनुभएको छ ।
मुलुककै होचो भूभाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै उहाँले समाज निर्माणका लागि सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि अपिल गर्नुभयो ।
जनतासँग माओवादी तराई मधेस जनजागरण कार्यक्रमका अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित झापा आउनुभएका अध्यक्ष दाहालले कचनकवलको स्तम्भमा पुगेर झण्डात्तोलन गर्नुभएको हो ।
उहाँले आजै कचनकवलको हुक्काहुक्की चोक बनियानीबाट अभियानको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिनुभयो । झापाबाट शुरु भएको हुने अभियान कञ्चनपुरमा पुगेर समापन हुने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय