
पाल्पा । भजनको महत्व र मौलिकता जोगाउने उद्देश्यले रामपुर नगर गौशाला समितिले भजनकीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
फागुन १२ गते लोक संस्कृतिमा आधारित खुला भजन कृतन प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।
‘गाउँघरमा परम्परागत रुपमा चलिआएका लोक भजनलाई लोप हुन नदिन, यसको महत्व र मौलिकतालाई जीवन्त जोगाइराख्न प्रतिष्पर्धात्मक रुपमा कार्यक्रम गर्न लागिएको छ’ उहाँले भन्नुभयो, ‘यसले धर्म, संस्कृतिको संरक्षण हुनुका साथै नयाँ पुस्तालाई पनि भजन संस्कृतिबारे अवगत गराउने उद्देश्य लिइएको छ ।’
लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने र उपसभामुख मेनुका खाँण केसीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । एक समूहमा बढीमा नौ जना हुनुपर्ने र जुनसुकै ठाउँमा बसोबास गरेको भए हुने उहाँको भनाइ छ । प्रतियोगितामा सहभागी हुनका लागि उमेरको हद तोकिएको छैन ।
हिन्दु समुदायमा लोकभजन कृतन निकै लोकप्रिय मानिन्छ । कालीगण्डकी वेशीका लोकभजनको साथमा स्थानीय बाजा, संस्कृतिको प्रवद्र्धन, संरक्षण र पहिचान गराउँदै नयाँ पुस्तामा लोकभजन, संस्कृतिलाई अवलम्वन गराउन प्रतियोगिता सहयोगी हुने अपेक्षा गरिएको छ ।
देवी देवताका विभिन्न मठ मन्दिर, देवालयमा दैनिक भजनकृतन गाउने चलन छ । यस्तै गाउँघरमा हुने पूजाआजा, विभिन्न धार्मिक तीर्थस्थलमा पनि दैनिक भगवान्कै नाम जप्दै भजनकृतन गरिन्छ ।
भगवान्को नाम जप्दै भजनको तालमा नाच्ने र गाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । भजनकृतन गाउँघरमा हुने पूजाआजामा अनिवार्यजसो गाउने चलन परम्परादेखि चलिआएको हो । गवान्का नाममा गाइने भजनकृतनले मानिसलाई सद्गुणी र विवेकशील बनाउदै आध्यात्मिकतर्फ डो¥याउने मान्यता छ ।
मानिस धार्मिक कार्यमा तल्लिन हुन थालेपछि अवगुणी व्यक्ति पनि गुणवान् बन्न पुग्ने गरेको बुढापाका बताउँछन् । मानिस जीवनमा सुखी हुनका लागि विभिन्न वृद्धाश्रम, मठ मन्दिर, देवालयहरुमा गएर भजन गाउँदै मनलाई प्रफुल्लित पार्ने पनि गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव