
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले तीन महिने आन्दोलन कार्यक्रमको तालिका प्रस्ताव गर्नुभएको छ । ललितपुरको जावलाखेलमा आजदेखि शुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा महासचिव भूसालले आन्दोलन कार्यक्रमको प्रस्ताव गर्नुभएको हो ।
आन्दोलनद्वारा पार्टी निर्माणको तात्कालिक योजना अन्तर्गत उहाँले् आन्दोलनको कार्यतालिका सार्वजनिक गर्नुभएको हो । महासचिव भूसालले पेश गरेको प्रस्ताव अनुसार फागुन तेस्रो साता गर्ने पत्रकार सम्मेलनमा मुलुकको अर्थ राजनीतिक सङ्कट र त्यसको समाधान सम्बन्धी अभियानबारे धारणा राख्ने तथा त्यसबारे सार्वजनिक रूपमा सुझावहरू आह्नवान गर्ने उल्लेख छ ।
यसैगरी १५ गतेसम्म केन्द्रीय तहमा सुझाव सङ्कलनका विभिन्न कार्यक्रम गर्ने र त्यसअन्तर्गत पार्टीका सबै जनसङ्गठन, विभागसहित अन्य संघ संस्थाबाट सुझाव सङ्कलन गर्ने प्रस्ताव भूसालको छ । त्यसपछि चैत २० गते सरकारलाई पार्टीका माग पेश गर्ने, त्यसबिचमा जिल्ला अधिवेशन गर्ने, वैशाख २० गते प्रदेश सरकार र पालिकामा माग पेश गर्ने र जेठ १० गते काठमाडौँमा प्रदर्शन गर्ने भूसालको प्रस्तावित योजनामा उल्लेख छ ।
जेठ तेस्रो साताबाट बजेट र आफ्ना मागका बारेमा पत्रकार सम्मेलन गरी नयाँ कार्यक्रम घोषणा गर्ने कार्ययोजनामा उल्लेख छ । केन्द्रीय कमिटी बैठकले ती योजना पास भएपछि कार्यान्वयनमा जानेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु