
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रिपति ट्रम्पलाई मेन्सन गर्दै अमेरिका अल्छीहरुको देश भएको टिप्पणी गर्नुभएको छ ।
मेयर बालेन शाहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी नागरिकहरुलाई अल्छीहरु भनेर विवादास्पद टिप्पणी गर्नुभएको हो । उहाँले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्री) बारे धारणा सार्वजनिक गर्दै बाहिरी श्रमिकमा निर्भर भएका कारण अमेरिकीहरु अल्छी रहेको आरोप लगाउनुभएको हो ।
उहाँले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेख्नुभएकोछ,-‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महशुस गराउनुभयो ।’
बालेनले, नेपाल गरिब हुनुको मुख्य कारण आफ्नो जनशक्ति विदेश पलायन हुनु हो, तर अमेरिकाको समस्या उल्टो रहेको दाबी गर्नुभएको छ । उहाँले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गर्नुभएको हो । साथै, उहाँले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न (सक्षम नागरिकहरु-फिर्ता गरिनुपर्ने माग समेत गर्नुभएको छ ।
बालेनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा बहस निम्त्याएको छ । कतिपयले उहाँको विचारको समर्थन गरेका छन् भने कतिपयले यस्तो कडा अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक हुन सक्ने तर्क गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु