
भक्तपुर । सूर्यविनायकमा ३ मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।
सूर्यविनायकमा नगरपालिका–९ नलिञ्चोकमा बिहीबार राति विपरीत दिशाबाट आएका ३ वटा मोटरसाइकल एकापसमा ठोकिएको हो । दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको भक्तपुर ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय