
काभ्रे । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।
मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५८ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो
यसअघिसम्म निरोगी सापकोटा राजनीतिमा सशक्त रुपमा सक्रिय हुँदै आउनुभएको थियो । सापकोटाले एकीकृत समाजवादीको शनिबार भएको बागमती प्रदेशसभा अधिवेशनमा समेत भाषण गर्नुभएको थियो । कार्यक्रमको भोलि पल्ट आइतबार बिहान अचानक ज्वरो आएपछि उहाँ उपचारको लागि ह्याण्डस् सामुदायिक अस्पताल जानुभएको थियो ।
ज्वरोले सताएपछि अकस्मात पिशाब रोकियो र उहाँलाई डायलासिस गर्नुपर्ने भयो । त्यही क्रममा उहाँको निधन भएको हो । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु