
काठमाडौँ । विवादास्पद तपश्वी रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । बम्जनविरुद्ध अपराध गरेर सम्पत्ति जोडेको र त्यसको व्यवस्थापन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
बम्जनले गैरकानुनी तवरले ८ करोड २७ लाख रुपैयाँ आर्जन गरेको विभागले मुद्दामा उल्लेख गरेको छ । ३४ वर्षीय बम्जनमाथि बारा रतनपुरीका ३४ वर्षीय बम्जनमाथि बाल यौन शोषण र व्यक्तिलाई बेपत्ता पारेको अभियोग समेत लागेको छ ।
बम्जनलाइ प्रहरीले त्यही अभियोगमा २०८० पुस २४ गते पक्राउ गरेको थियो । बाल यौन दुराचारको आरोपमा जिल्ला अदालत सर्लाहीले उनलाई २०८१ भदौ १४ गते १० वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । पक्राउ र त्यो फैसलापछि उनी अहिले कारागारमा छन् ।
उनीमाथि सिन्धुपाल्चोक र नुवाकोटस्थित आश्रमबाट व्यक्ति बेपत्ता पारेको आरोप पनि छ । तर त्यो आरोपमा दुवै जिल्ला अदालतले उनलाई सफाइ दिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु