
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जानु हुने भएको छ । कांग्रेस सभापति देउवा उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भ मेलाको अवसर भारत जान लाग्नुभएको हो।
सभापति देउवा इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी भारत जान लाग्नुभएको हो। त्यो कार्यक्रम प्रयागराजमा आउने शुक्रबार र शनिबार हुँदैछ ।
कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । समिटमा अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ । प्रयागराज प्रयागराजमा ४५ दिनदेखि भइरहेको महाकुम्भ मेला ४५ दिन चलेर १४ फागुनमा सकिँदैछ ।
महाकुम्भ मेलामा यसअघि कांग्रेस महामन्त्री गगन थापा र अर्जुननरसिंह केसी लगायतका नेता सहभागी भई गंगामा स्नान गरेर फर्किसक्नु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु