
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले जाडो सकिएपछि विपन्न परिवारलाई कम्बल बाँडेको छ । नगरपालिकाले पुस–माघको जाडो कठाग्रिएर बिताएका ३ सय ७ विपन्न परिवारलाई फागुनमा कम्बल वितरण गरेको हो ।
नगरपालिकाको चालु आर्थिक वर्षका लागि तय गरिएको कार्यक्रमअन्तर्गत १२ वटै वडाका अति विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिला लगायतलाई कम्बल वितरण गरेको हो ।
वडा कार्यालयबाट सिफारिस भई आएका नामावलीका आधारमा कम्बल वितरण गरिएको नगर उपप्रमुख कल्पना पन्तले जानकारी दिनुभयो । वडा कार्यालयमै पुगेर कम्बल वितरण गरिएको नगर उपप्रमुख पन्तले बताउनुभयो । ‘चिसोबाट जोगाउन कम्बलले सहयोग पुग्ने विश्वास लिएका छौँ’ उहाँले भन्नुभयो– ‘यस वर्ष कम्बल वितरण ढिलो भए पनि अर्को वर्षदेखि समयमै न्यानो कपडा वितरण गर्नेछौँ ।’
नगरपालिकाले प्रत्येक वर्ष दातृ निकायको सहयोग र नगरपालिकाको स्रोत परिचालन गरी विपन्न, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा, कम्बल, ह्विलचेयर लगायतका सहायक सामग्री वितरण गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु