
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढेकामा आपत्ति जनाउनुभएको छ ।
आजको बैठकको शून्य समयमा सांसदहरुले कर्मचारीहरु जनप्रतिनिधिबाटै असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो ।
सांसद पदमबहादुर परियारले तनहुँको बन्दीपुर गाउँपालिका –६ का जनप्रतिनिधिले कर्मचारीलाई आक्रमण गरेकामा आपत्ति जनाउँदै छानबिनको माग गर्नुभयो । अर्का सांसद मनरुपा शर्माले पनि सोही घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग राख्नुभयो ।
सांसद रेणु चन्दले सबै प्रकारका विभेदको अन्त्य गर्न तथा विभेद गर्नेमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विष्णुदेवी पुडासैनीले काठमाडौँमा ढल निकास, खानेपानी, विद्युत्लगायत संरचना निर्माणमा अन्तरनिकाय समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद रुक्मिणी कोइराला, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, कृष्णप्रसाद अधिकारी, सावित्री मल्लले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिनका लागि सरकारले तत्काल पहल थाल्नुपर्नेमा जोड दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु