
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता जरुरी भएको बताउनुभएको छ ।
‘मनास्लु वल्र्ड स्कुल’ले आज आयोजना गरेको कार्यक्रममा उहाँले कुनै पनि विकसित देश एकै दिनमा नबनेको बताउनुभयो ।
अहिलेका विकसित देश बन्न पनि वर्षौं लागेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले समृद्ध नेपाल बनाउने अभियान अघि बढिरहेकाले चाहेजस्तो देश बनाउन केही समय लाग्ने र त्यसमा सबै नेपालीको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । अहिले व्यवस्था परिवर्तन भयो तर अवस्था फेरिएन भनेर गलत भाष्य बनाइएको उल्लेख गर्दै प्रजातन्त्र प्राप्तिपछि सबै क्षेत्रमा ठूलो परिवर्तन भएको उहाँको भनाइ छ ।
उपप्रधानमन्त्री सिंहले देशमै गुणस्तरीय शिक्षा पाउने अवस्था बनेकाले देशभित्रै अवसर खोज्न युवालाई आग्रह गर्नुभयो । कडा मेहनत र परिश्रमविना लक्ष्य प्राप्ति गर्न असम्भव रहेकाले विद्यार्थीहरुले अध्ययनमा लगनशील हुनुपर्ने सुझाव दिनुभयो । देशमै अवसर भएकाले त्यसको सदुपयोग गर्ने सोच विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
‘गुणस्तरीय शिक्षा मात्र सबैथोक होइन । सम्पूर्ण व्यक्तित्व विकासमा ध्यान दिनुस् । क्षमता भएर मात्रै हुँदैन । कडा मेहनत र अनुशासनन चाहिन्छ’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री सिंहले समाजसेवी अनुराधा कोइराला, नायक राजेश हमाल, राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ, शिक्षाविद् बालचन्द्र देवकोटा र पत्रकार राजेन्द्र बानियाँलाई सम्मानपत्र पदान गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु