
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा आज भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।
कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलमा रोकी राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा खादा देवचुली नगरपालिका–१६ का २९ वर्षीय केशव महतोको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी निरीक्षक सुशील घिमिरेका अनुसार जङ्गलमा बिग्रिएर रोकिराखेको लु २ ख ४१६६ नम्बरको टिपरमा ना ३८ प १२७५ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
गम्भीर घाइते महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिए पनि उनको ज्यान जोगाउन भने सकिएन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु