
काठमाडौं । सत्तापक्ष दलहरूले पाँच वटा अध्यादेशमात्रै स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउने भएका छन्। सत्तापक्ष राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकले भूमिसम्बन्धीबाहेक पाँच अध्यादेश स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेका हुन् ।
भूमिसम्बन्धीबाहेक पाँच अध्यादेश बाहेक पाँच अध्यादेशहरू फागुन ६ गतेको संसद बैठकमा निर्णयार्थ प्रस्तुत हुनेगरी प्रक्रिया अगाडि बढाउने सहमति भएको छ गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ ।
“आज हाम्राबीच भएका सहमतिअनुसार अध्यादेश अगाडि बढ्छ । सकारात्मक रुपमा यो विषय टुङ्गोमा पुग्छ”, बैठकपछि संवाददातामाझ उहाँले भन्नुभयो ।
एक प्रश्नको जवाफमा उहाँले जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरुसँग पनि सहमति जुटाउन प्रयास भइरहेको जानकारी दिनुभयो । सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरुबीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया प्रारम्भ हुने उहाँको कथन थियो ।
बैठकमा सरकार र संसद्का कामको प्रभावकारिताका बारेमा पनि छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु