
काठमाडौँ। पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा बेलुनमा लागेको आगोमा परी घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अवस्थाबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी लिनुभएको छ ।
आज कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर मन्त्री पौडेलले उपप्रम पौडेल र आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । मन्त्री पौडेलले चिकित्सकबाट राम्रोसँग उपचार भइरहेको जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले जलनपीडित जोकोहीको उपचार प्रभावकारी बनाउने कार्यमा आफूहरू प्रतिबद्ध रहेको भन्दै त्यसैका लागि उपचार सेवा विस्तार र सेवा सुधार दुवै सँगै अघि बढाइएको बताउनुभयो । “जलनको उपचार सकेसम्म चाँडो बनाउने वातावरण तयार पार्न हामी लागि परेका छौँ, सुधारका कामले नतिजा दिन थालिसकेका छन्”,उहाँले भन्नुभयो ।
त्यस क्रममा मन्त्री पौडेलले अरू बिरामीको उपचार अवस्था र अस्पतालको सेवाबारे जानकारीसमेत लिनुभएको थियो ।
वीर अस्पतालअन्तर्गत ट्रमा सेन्टरमा समेत जलनका बिरामीका लागि बेग्लै वार्ड राखेर उपचार भइरहेको छ । मन्त्रालयले प्रादेशिक अस्पतालमा समेत यो सेवा विस्तार गर्ने गरी काम अघि बढाइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु