
चितवन । पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी केन्द्रमा अहिले गुटैगुट रहेको बताउनुभएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठले प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले शुक्रबार आयोजना गरेको कार्यक्रममा यस्तो बताउनुभएको हो ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीभित्रको विभिन्न गुट,उपगुट तथा व्यक्तिवादको समस्या रुपान्तरण अभियानबाट हल हुने समेत बताउनुभयो
पूर्वउपप्रधानमन्त्री श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा पार्टीलाई रुपान्तरण र एकताबद्ध ढङ्गले अघि बढाउन सकिने बताउनुभयो ।उहाँले माओवादी केन्द्रलाई बलियो बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियामा फड्को मार्न सकिने उल्लेख गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारको टिका टिप्पणी गरेर समय खेर नफाल्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु