
धादिङ । काठमाडौँबाट ग्यास बोकेर नुवाकोटको त्रिशूली जाँदै गरेको गाडीमा ग्यास लिक लिकहुँदा राजमार्ग अवरुद्ध भएको छ । आज काठमाडौँबाट त्रिशूली जानेक्रममा धादिङको धुनीवेशी नगरपालिका ९ बाहुनडाँडामा पुग्दा गाडीमा रहेको एमोनिया ग्यास लिक भएको हो।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका अनुसार नुवाकोटको चिस्यान केन्द्रका लागि उक्त एमोनिया ग्यास लगिँदै थियो।
बाटोमा ग्यास लिक भएपछि सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द गरिएको एसपी सुवेदीले जानकारी दिनुभयो । अहिले कुनै क्षति नहोस् भनेर दमकलले ‘फोम’ प्रयोग गरेको छ।
नजिक जादा पिरो गन्ध आएकाले स्थानीयलाई स्वासफेर्न समेत समस्या भएको घटनास्थलमा रहेका पत्रकार बासु श्रेष्ठले बताउनुभएको छ । गाडीमा रहेका १७ वटा ग्यास सिलिन्डर मध्ये एउटाबाट ग्यास लिक भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु