
पाल्पा । रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ ।
रामपुर–७ मा बसोबास गर्ने फरक क्षमता भएका ९ जनालाई सहायता सामग्री (ह्विलचियर) सहयोग गरिएको हो ।
पूर्णअपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयले त्यो सामग्री उपलब्ध गराएको जनाएको छ । हिँँड्न नसक्ने र परिवारका सदस्यको सहयोगमा रहेका ‘क’ वर्गका पूर्णअपाङ्गता भएका व्यक्तिमध्ये आवश्यकताका आधारमा ९ जनालाई ह्विलचियर वितरण गरिएको वडाअध्यक्ष दोवराज तिवारीले जानकारी दिनुभयो ।
एक लाख ११ हजार रुपैयाँ बराबरको लागतमा सामग्री खरिद गरेर वितरण गरिएको वडासचिव गीता लम्साल पौडेलले बताउनुभयो ।
उहाँका अनुसार वडा कार्यालयबाट अपाङ्गता सहायता सामग्री खरिद शीर्षकमा विनियोजित ५० हजार र जापानी नागरिक काजुमा साकाकीमीबाट प्राप्त ६१ हजार रुपैयाँ सहयोगमा सामग्री खरिद गरी वितरण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव