
काठमाडौँ । बालिकालाई घरेलु बालश्रमिक राखेको मुद्दामा सरकारी वकिलले मुद्दा नचलाउने तयारी गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सटिक टिप्पणी गर्दै सरकारलाई व्यंङग मिश्रित चेतावनी दिनुभएको छ ।
मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, "सरी नानु, तिम्रा पीडकका विरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ ।"
एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्माले घरमा बालश्रमिक राखेको मुद्दा महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ । शर्माको घरमा ६ वर्षदेखि काम गरिरहेकी बालिकाले आफूमाथि कुटपिट गरेको बताएकी थिइन् । महानगरपालिकाले उनको उद्धार गरेको थियो । उद्धारपछि महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि र प्रहरीले घटनास्थलको मुचुल्कासमेत गरेका थिए । यो घटनामा मेयर शाहले लेख्नुभएको छ, यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।
गत जेठ १४ मा काठमाडौँ महानगरपालिकाले १४ वर्षीया किशोरीको एमले प्रदेश सांसद शर्माको घरबाट उद्धार गरेको थियो । उनलाई उद्धार गर्नुअघि महानगरका इन्टर्न विद्यार्थीले उनी पढ्ने विद्यालयमा आमाबाबु र नातागोताबाहेकको व्यक्तिको घरमा बस्ने बालबालिकाको अवस्था तथा तथ्यांक विश्लेषण गर्न फारम भराएका थिए । फारम भर्ने क्रममा कक्षा ७ मा अध्ययनरत ती किशोरीले आफूलाई सांसद शर्माले घरेलु कामदारका रूपमा राखेको, शर्माको घरमा खाना पकाउने, कपडा धुने, फूलबारी गोडमेल गर्ने, झाडु पोछा लगाउने काम गराएको र शर्माले आफूलाई हात र पाइपले कुट्ने गरेको पनि खुलाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु