
काठमाडौँ । काठमाडौँको चाबहिलमा चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाएका छन् । काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा आइतबार बिहान चोरीको मोबाइल लिन दुई समूहबीच झडप भएको हो ।
झडप हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी) अपिलराज बोहोराका अनुसार एउटा सानो मोबाइलको विषयमा झगडा युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।
‘एउटा समूहले मोबाइल चोर्छ कुनै व्यक्तिको । मोबाइल चोरेको अर्को पक्षले देख्छ,’ घटनाबारे जानकारी गराउँदै एसपी बोहोराले भन्नुभयो ‘त्यो मोबाइल समाउनका लागि अर्को पक्ष जाँदा भएको झगडामा ती व्यक्तिको ज्यान गएको छ ।’
झडपछि तत्कालै पुगेको प्रहरीको टोलीले घाइते भएका कार्कीलाई काठमाडौं शिक्षण अस्पताल (केएमसी) पुर्याएको थियो । तर चिकित्सकले कार्कीलाई बचाउन सकेनन । भडपमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युनिक लामा भनिने न्युतु शेर्पा, १९ वर्षीय क्षितिज कार्की र विशाल तामाङ रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु