+

राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी

काठमाडौँ । थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीले जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओको पनि गैरआवासीय राजदूतको जिम्मेवारी पाउनु भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । 

राष्ट्रपतिले वलीलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा  राजदूत नियुक्त गर्नुभएको शीतल निवास्ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट