
भक्तपुर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताउनुभएको छ । आज भक्तपुरमा जिपि कोइराला फाउण्डेसनले आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताउनुभएको हो ।
संसद्लाई छलेर जान खोज्यो भने त्यो निरङ्कश हुने बताउँदै उहाँले दुई तिहाइको सरकारलाई अध्यादेशको जरुरी नभएकाले संंसद्बाटै ऐन, कानुन बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “अध्यादेशबाट देश चलाउने संस्कार हाम्रो होइन । प्रजातन्त्रमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐनहरू बनाइ अगाडि जानुपर्छ ।”
सोही कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राजनीति र प्रजातन्त्र बिग्रियो भने देश पनि बिग्रिने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता, विभिन्न जिल्लाका सभापतिलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै