
भोजपुर । भोजपुरबाट यसवर्ष ३५ करोड २८ लाख रुपैयाँ बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा उल्लेखित रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ ।
यहाँ ९ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख मुकेशकुमार यादवले जानकारी दिनुभयो । हालसम्म जिल्लाबाट ३५ करोड २८ लाख रुपैयाँ बराबरको सुन्तला निर्यात भएको तथ्याङ्क रहेको प्रमुख यादवले बताउनुभयो ।
‘जिल्लाबाट यस वर्ष ३५ करोड बढीको सुन्तला निर्यात भएको छ’ प्रमुख यादवले भन्नुभयो– ‘यहाँको सात सय ९० हेक्टर क्षेत्रमा विस्तार भएको सुन्तलाले उत्पादन दिने गरेको छ । आगामी दिनमा यहाँबाट निर्यात हुने सुन्तलाको परिमाण अझ बढ्ने देखिन्छ ।’ किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्न कार्यालयले आवश्यक सहयोग गर्दै आएको उहाँको भनाइ छ ।
किसानलाई सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन स्थलगत रुपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरणलगायत काम गर्दै आएको प्रमुख यादवको भनाइ छ । सुन्तलाखेती यहाँका किसानको राम्रो आम्दानीको स्रोत रहेको उहाँको भनाइ छ ।
‘पछिल्लो समय भोजपुरका किसान सुन्तलाखेतीतर्फ आकर्षित भएका छन्’ उहाँले भन्नुभयो, ‘सुन्तलाखेतीमा जुटेका किसानलाई आवश्यक तालिमसँगै प्रविधिक सहयोग पनि गर्दै आएका छौँ । वर्षेनी यहाँ खेती विस्तारको क्षेत्र बढी रहेको अवस्था छ ।’
जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ । बढीमात्रामा सुन्तला उत्पादन हुने भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सुन्तला पकेट क्षेत्र विस्तार गरिएको छ ।
विगतमा स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकको पहुँच विस्तारसँगै बाहिरको जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाउने गरेका छन् । यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत सहरमा जाने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
भोजपुरमा गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला निर्यात भएको कार्यालयको भनाइ छ । गत वर्षको तुलना यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै