
काठमाडौँ । खानेपानी मन्त्रालयले शनिबार सिंहदरवारस्थित मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजात नजलेको जनाएको छ ।
मन्त्रालयका उपसचिव भक्तराज जोशीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट मन्त्रालयका अतिआवश्यक कागजातमा कुनै क्षति नभएको उल्लेख गर्नुभएको छ ।
आगलागीपश्चात् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, खानेपानी मन्त्री प्रदीप यादव तथा मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सुरक्षा निकायका प्रमुखबाट घटनाको स्थलगत निरीक्षण गरी क्षतिबारे जानकारी लिने काम भएको थियो ।
घटनाको जानकारी पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी तथा बारुणयन्त्र (दमकल) को सहायतामा करिब १५ मिनेटमा आगलागी नियन्त्रणमा आएको विज्ञप्तिमा उल्लेख छ । आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको उल्लेख गर्दै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै